Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फन्ड रोकिए पनि सर्वसाधारणले बेच्न छाडेनन् आइपिओ, माथिल्लो मैलुङ खोलाको पहिलो दिन मै ३१ हजार बढी कित्ता कारोबार

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १७ : ४१ मा प्रकाशित

म्युचुअल फन्ड रोकिए पनि सर्वसाधारणले बेच्न छाडेनन् आइपिओ, माथिल्लो मैलुङ खोलाको पहिलो दिन मै ३१ हजार बढी कित्ता कारोबार

म्युचुअल फन्डलाई आफ्नो कोटाको आइपिओ बेच्न धितोपत्र बोर्डले ६ महिनासम्म रोक लगाए पनि सर्वसाधारणले माथिल्लो मैलुङ खोला हाइड्रोको कारोबार खुलेको पहिलो दिनमै ३१ हजार बढी कित्ता सेयर बेचेका छन् ।

सोमबार पहिलोपटक कारोबार भएको माथिल्लो मैलुङ खोलाको ६ हजार एक सय ४५ कारोबारमा ३१ हजार तीन सय ७९ कित्ता सेयर खरिद बिक्री भएको हो । कम्पनीको पहिलो कारोबार दुई सय ८८ रुपैयाँ ४० पैसामा खुलेकोमा दुई सय ५९ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको हो । उक्त कम्पनीको सेयर सबैभन्दा धेरै ब्रोकर ५८ बाट बिक्री भएको छ भने ब्रोकर ५२ बाट सर्वाधिक खरिद भएको छ l

कम्पनीले सर्वसाधारणका लागि कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर प्राथमिक निष्कासन खुलाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको