Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौंको सेयर किन्दा फाइदा कि नोक्सान ? हेुर्नहोस्, एक विश्लेषण

शुक्रबार, २४ कार्तिक २०७४, ०८ : १९ मा प्रकाशित

बैंक अफ काठमाडौंको सेयर किन्दा फाइदा कि नोक्सान ? हेुर्नहोस्, एक विश्लेषण

वर्गिकरण : वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू.४०४
५२ हप्ताको उच्च व्यापार मूल्य : रू. ८१९
५२ हप्ताको न्यून व्यापार मूल्य :  रू.४००
१८० दिनको भारित औसत मूल्य : रू.४५६.४४

कम्पनीका महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : प्रकाश श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : सोभन देव पन्त
प्रधान कार्यालय : तिनधारामार्ग, काठमाडौं
वेबसाइट : www.bok.com.np
शाखा : ७०
स्टक सङ्केत : विओकेएल

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

बैंकका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण


 आधारभूत विश्लेषण :-
बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ५ दशमलव ९२ प्रतिशतबाट घटेर ३ दशमलव ९८ प्रतिशतमा सिमित भएको छ । पहिलो त्रैमाससम्ममा आइपुग्दा बैंकले रू. ६९ अर्ब १५ करोड निक्षेप संकलन गरी रू. ६२ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ ।

  • बैंकको खुद ब्याज आम्दानी रू. ५७ करोड ३६ लाख, कर्मचारी खर्च रू. १९ करोड ९९ लाख, अन्य सञ्चालन खर्च रू. १३ करोड ४० लाख र सञ्चालन नाफा रू. २९ करोड २८ लाख रहेको छ ।

  • बैंकको स्थिर सम्पत्ति न्यून प्रतिशतले घटेर रू. ९४ करोड ९७ लाख र अन्य सम्पत्ति १८ दशमलव ९६ प्रतिशतले घटेर रू.१ अर्ब १९ करोडमा सिमित भएको छ ।

  • बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १३ कराड २९ लाख छुट्याएको छ । पूँजी कोष लागत ७ दशमलव ७८ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव ८२ प्रतिशत रहेको छ ।

  • बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. १५ दशमलव ९२, मूल्य आम्दानी अनुपात (वार्षिक) २७ दशमलव ८३, तरलता अनुपात २६ दशमलव ५४ प्रतिशत र प्रति शेयर नेटवर्थ रू. १ सय ६२ दशमलव ८५ रहेको छ । बिहीवार मूल्य नेटवर्थको  साढे २ गुणा बढी  छ ।

प्रवाधिक विश्लेषण :-

  • खरीद चाप : बैंकको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ३ गुणा बढी भएको छ । सो अवधिसम्म १२ हजार ८ सय १९ कित्ता शेयर खरीद र ४ हजार १३ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

बिहीवार भएको शेयर कारोबार विवरण :-


 

मैनबत्ती विश्लेषण :-

१० अगष्ट २०१७                                ९नोभेम्बर २०१७

स्ट्याण्डर्ड डेभिएशन :-
 

१० अगष्ट २०१७                                ९नोभेम्बर २०१७

आरएसआई :-

१० अगष्ट २०१७                                ९ नोभेम्बर २०१७

मुभिङ एभरेज :-
 

१० अगष्ट २०१७                           ९ नोभेम्बर २०१७

  • मैनबत्ती विश्लेषण : बैंककोे ५३ दिनको कारोबारको अन्तिम दिनमा लङलेग्ड डोजी आकृती बनेको छ । यसले  आकृतीले अगामी दिनमा शेयर मूल्य घट्ने बढ्ने कुनै पनि सङ्केत देखाउँदैन । लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्था सृजना गरेको छ ।  

  • आरएसआई : बैंकको ५३ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (२४ दशमलव शून्य ७ स्केल)मा छ । यसले शेयर विक्री चाप बढेको देखाउछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैंकको ५३ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ४ दशमलव शून्य ७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज : बैंकको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाँढीदै गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा तल छ । हालको मूल्य रू. ४ सय ४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय १४ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको