जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहको जनाएको छ ।
विभागको मौसमी बुलेटिन अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली देखि सफा मौसम रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाकिँ स्थानमा सामान्यतया सफा मौसम रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस