Like us!
Follow us!
Connect us!
Watch us!

१२ औं पोखरा महोत्सव पुसको अन्तिम साता हुने, गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्यको सम्झौता

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १९ : १९ मा प्रकाशित

१२ औं पोखरा महोत्सव पुसको अन्तिम साता हुने, गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्यको सम्झौता

युनाइटेड क्लबको आयोजनामा १२ औं संस्करणको पोखरा महोत्सव पुसको अन्तिम साता हुने भएको छ ।

यस संस्करणको महोत्सवदेखि गण्डकी प्रज्ञा प्रतिष्ठानले विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय  स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।  


सम्झौता पछि बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक काम सँगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको माध्यामबाट विद्यार्थीहरुलाई लोक संस्कृतिको बारेमा समेत जानकारी गराउने कार्य गर्दै आइरहदा गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामुहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत्र मसान्तसम्म हुने उल्लेख छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको