Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियाको केन्द्रीय बैंकले डिजिटल मुद्रा जारी गर्दै, परीक्षण कार्यक्रममा एक लाख नागरिक समेटिने

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १४ : १६ मा प्रकाशित

दक्षिण कोरियाको केन्द्रीय बैंकले डिजिटल मुद्रा जारी गर्दै, परीक्षण कार्यक्रममा एक लाख नागरिक समेटिने

दक्षिण कोरियाको केन्द्रीय बैंकले डिजिटल मुद्रा जारी गर्ने भएको छ । सन् २०२४ मा जारी हुन लागेको उक्त डिजिटल मुद्राको परीक्षण अर्थात पाइलट प्रोजेक्टमा एक लाख नागरिकलाई समेटिने भएको छ ।

बैंक अफ कोरियाले निष्कासन गर्ने उक्त केन्द्रीय बैंक डिजिटल करेन्सीलाई डिजिटल वन नाम दिइएको छ । सन् २०२४ को अन्तिम क्वाटरमा गरिन लागेको उक्त परीक्षण कार्यक्रममा सहभागी हुनेएक लाख नागरिकलाई सेप्टेम्बर देखि अक्टोबर महिनामा छनोट गरिनेछ । उनीहरुलाई त्यहाँका वाणिज्य बैंकहरुले छनोट गर्ने जनाइएको छ ।

तीन महिने परीक्षणकालको अवधिमा सहभागीहरुले वाणिज्य बैंकहरुले जारी गरेको डिजिटल टोकनमार्फत विभिन्न वस्तुहरु खरिद गर्न सक्नेछन् । डिजिटल मुद्राको प्रयोगबाट उच्च कारोबार शुल्क घट्ने, सेटलमेन्ट समय छिटो हुने तथा ठगीमा कमी आउने जस्ता फाइदा पुग्ने बैंक अफ कोरियाले दाबी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको