Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सामूहिक लगानी कोषका तीन वटै योजनाको नेट एसेट भ्यालुमा सामान्य गिरावट

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, ०८ : १९ मा प्रकाशित

कुमारी सामूहिक लगानी कोषका तीन वटै योजनाको नेट एसेट भ्यालुमा सामान्य गिरावट

कुमारी क्यापिटलले सञ्चालन गरेका तीन म्युचुअल फन्डहरुले कार्तिक मसान्तसम्मको मासिक वित्तीय विवरण प्रकाशित गरेका छन् जसअनुसार सबै योजनाको नेट एसेट भ्यालु (न्याभ)मा सामान्य गिरावट देखिएको छ ।

क्यापिटलले एक खुलामुखी र दुई बन्दमुखी योजना सञ्चालन गरेकोमा सबै योजनाको खुद सम्पत्तिमा गिरावट आएको हो । विवरण अनुसार कुमारी धनवृद्धि योजनाको न्याभ ९.९५ बाट ९.९३ रुपैयाँमा झरेको छ भने कुमारी इक्विटी फन्डको न्याभ ९.४२ बाट ९.४१ रुपैयाँमा झरेको छ । यसैगरी खुलामुखी योजना कुमारी सुनौलो लगानी योजनाको न्याभ १०.०८ बाट १०.०७ रुपैयाँमा झरेको छ ।

यस अवधिमा कुमारी इक्विटी फन्ड र कुमारी सुनौलो लगानी योजनाले बैंक मौज्दात घटाएर धितोपत्र तथा अन्य लगानी बढाएको छ भने कुमारी धनवृद्धि योजनाले धितोपत्र तथा अन्य लगानीमा सामान्य विस्तार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको