Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित चार वटै योजनाको नेट एसेट भ्यालुमा सामान्य गिरावट

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, ०८ : ३५ मा प्रकाशित

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित चार वटै योजनाको नेट एसेट भ्यालुमा सामान्य गिरावट

सिद्धार्थ क्यापिटलले व्यवस्थापन गरेका चार म्युचुअल फन्डहरुले कार्तिक मसान्तसम्मको मासिक वित्तीय विवरण प्रकाशित गरेका छन् जसअनुसार सबै योजनाको नेट एसेट भ्यालु (न्याभ)मा सामान्य गिरावट देखिएको छ ।

क्यापिटलले एक खुलामुखी र तीन बन्दमुखी योजना सञ्चालन गरेकोमा सबै योजनाको खुद सम्पत्तिमा गिरावट आएको हो । विवरण अनुसार सिद्धार्थ इक्विटी फन्डको न्याभ ९.२५ बाट ९.१६ रुपैयाँमा झरेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को न्याभ ९.१२ बाट ९.१२ रुपैयाँमा झरेको छ । यसैगरी सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ को न्याभ ९.८४ बाट ९.७८ रुपैयाँमा झरेको छ भने खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाको न्याभ ८.५९ बाट ८.५४ रुपैयाँमा झरेको छ ।

यस अवधिमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ को मुद्दती निक्षेप घटेको छ भने अन्य योजनाको लगानी पोर्टफोलियोमा खासै उतारचढाव देखिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको