Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकका सबै म्युचुअल फन्डको न्याभमा गिरावट

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, ०८ : ३० मा प्रकाशित

एनआईसी एसिया बैंकका सबै म्युचुअल फन्डको न्याभमा गिरावट

एनआईसी एसिया बैंकले सञ्चालन गरेका सबै म्युचुअल फन्डहरुको नेट एसेट भ्यालु 'न्याभ' मा गिरावट आएको छ ।

एनआईसी एसिया ग्रोथ फन्डको न्याभ ११.५० बाट १०.३९ रुपैयाँँमा झरेको छ । एनआईसी एसिया सेलेक्ट ३० को न्याभ १०.४० बाट १०.३४ मा झरेको छ । एनआईसी एसिया ब्यालेन्स्ड फन्डको न्याभ १०.९७ बाट ९.९५ रुपैयाँमा झरेको छ । खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेट फन्डको न्याभ १०.०९ बाट १०.०८ रुपैयाँमा घटेको छ ।

एनआईसी एसिया ग्रोथ फन्डले २ करोड ७६ लाख नाफा कमाएको छ भने बाकिँ तीन वटै योजना घाटामा रहेका छन् । एनआईसी एसिया सेलेक्ट ३० को घाटा ७ करोड ९७ लाख, एनआईसी एसिया ब्यालेन्स्ड फन्डको घाटा ८७ लाख तथा डाइनामिक डेट फन्डको घाटा ६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको