Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले नै पुष्टी गर्दै छ नयाँ स्टक एक्सचेञ्जको आवश्यकता

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, ०७ : १९ मा प्रकाशित

नेप्सेले नै पुष्टी गर्दै छ नयाँ स्टक एक्सचेञ्जको आवश्यकता

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया पुन: सुचारु भएको हल्लाबीच बुधबार बिहानै देखि साविकको नेपाल स्टक एक्सचेञ्जमा भने प्राविधिक समस्या देखियो । प्राविधिक समस्या देखिएको भनेको एक्सचेञ्जले प्रणालीमा आएको समस्याको मूख्य कारण भने विद्युत आपूर्तिको समस्या देखाइयो जसका कारण नियमित प्रिओपन सेसन भएन साथै समयमा नेप्से खुल्न सकेन। 

प्राविधिक समस्या आउनु र त्यसलाई समाधान गर्नु यी नियमित प्रकृया हो तर बुधबारको समस्याले नेप्सेको कारोबार प्रि ओपन पुरै बन्द अनि नियमित पनि झन्डै आधा घण्टा त्यो पनि विद्युत आपूर्तिमा समस्या देखिएकोमा नेप्सेको व्यस्थापन तिब्र आलोचित बनेको छ। 

यसैबीच चार महिना अघि लाइसेन्स प्रक्रिया रोकेको संघीय संसद्को अर्थ समिति केही दिन यता भने लाइसेन्स प्रक्रिया टुङ्ग्याउने ढङ्गले अघि बढेको जनाइएको छ । समितिले स्टक एक्सचेञ्जको अनुमति रोक्ने निर्णय फुकुवा गरेको भनेर सरकारलाई पत्र लेखिसकेको छ। यसै बिच नेप्से यसरी नेप्सेमा समस्या भएर कारोबार बन्द हुँदा नेप्से पुनर्संरचना गर्नुभन्दा नयाँ स्टक एक्सचेञ्ज चाहिने भन्ने विचार राख्नेहरुलाई नेप्सेको सिस्टम डाउन हुँदा नयाँ एक्सचेञ्जको लबिङ गर्नेको आवाजमा दम पुगेको अभिव्यक्तिहरु सामाजिक सञ्जालमा देखिएका छन् । 

लगानीकर्ता रोहन कार्कीले सामाजिक संजालमा लेख्छन,' प्री ओपनमा एक कित्ता किनबेच भएन । एमई नट लगइन भनेर कारोबार नै हुनसकेन यसको जिम्मेवारी कसले लिने? यो थोत्रो नेप्से र नालायक मुख्य जिम्मेवारहरुलाई कहिले सम्म हामीले काँध हाल्ने? यिनले यो बजारमा गरेको यो आर्थिक अपराधको सजाय कस्ले दिने हो? अन्तराष्ट्रिय स्तरको नयाँ स्टक एक्स्चेन्ज त्यसैले पनि तत्काल आवश्यक देखिन्छ ।

नेप्से नचलेपछि लगानीकर्ता विष्णु सुवेदी पनि आफुहरुले पैसा तिरेपछि आधुनिक सुबिधा सम्पन्न स्टक एक्सचेञ्ज चाहियो भनेका छन्। 

यसरी बजारमा नयाँ स्टक एक्स्चेन्ज कि नेप्से पुनर्संरचना भन्ने तिब्र बहस भइरहेको बेला नेप्से आफैले नयाँ स्टक कि आवश्यकता कि भन्ने कुरामा आफैँले मलजल हालेको जस्तो देखिन्छ। 

यस्तो छ नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स प्रक्रियाको टाइमलाइन :

नेपाल धितोपत्र बोर्डले २०७९ को भदौमा धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को दोस्रो संशोधन गरि असोजमा स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज कम्पनी र धितोपत्र दलाल व्यवसायीका लागि आवेदन माग गरेको थियो । तर लाइसेन्स प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट परेपछि उक्त प्रक्रिया २०७९ को चैतसम्म रोकिएको थियो । चैतमा सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले लाइसेन्स प्रक्रिया रोक्न परेको रिट खारेज गरेपछि आवेदन प्रक्रिया सुचारु भएको थियो ।

रिट खारेज भएसँगै नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन खुलाएकोमा तीन संस्थाले निजी स्टक एक्सचेञ्ज सञ्चालनका लागि आवेदन दिएका थिए । आवेदन दिनेमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज रहेका छन् । नेपालका प्रमुख व्यापारिक घरानाको समूहहरुले लगानी गरेको यी स्टक एक्सचेञ्जहरुलाई लाइसेन्स दिलाउन अहिले तीव्र लविङ हुन थालेको जनाइएको छ ।

हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स हात पार्न सफल समूहकै प्रडक्ट हिमालयन स्टक एक्सचेन्जमा शंकर समूहको मुख्य लगानी रहने गरी दुगड, खेतान समूहसहित शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, ज्योति समूहका शौरभ ज्योति, रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टलगायतको लगानी रहेको छ ।

यता सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको सेयर रहेको नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, बद्री केसी, कुल आचार्य र गौरी जोशीलगायत रहेका छन् ।

यसैगरी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतीलगायत रहेका छन् । यिनै शक्तिशाली व्यापारिक समूहको लगानी रहेको स्टक एक्सचेञ्ज मध्ये एकले लाइसेन्स पाउने हुँदा अब नयाँ स्टक एक्सचेञ्ज रोकिने सम्भावना निकै कम रहेको जानकारहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको