Like us!
Follow us!
Connect us!
Watch us!

सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टकको अघि बढाउने निर्णयमा 'नोट अफ डिसेन्ट', फरक मतमा के छ ?

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, २२ : ०८ मा प्रकाशित

सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टकको अघि बढाउने निर्णयमा 'नोट अफ डिसेन्ट', फरक मतमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयमा  'नोट अफ डिसेन्ट' लेखेका छन्। 

नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउने अर्थ समितिमा असहमति जनाउदैं उनले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले देशलाई नै भड्खालोमा हालेको आरोप पनि लगाएका छन्। 

अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ .आज (शुक्रबार) बसेको समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

वाग्लेले लेखेको फरक मतमा के छ ?

"विधि पुऱ्याएर आर्थिक सुशासनका आधारभूत सिद्धान्त प्रति कटिवद्ध भई विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया छिट्टै अगाडि बढाउन सिद्धान्ततः मेरो असहमति नभएपनि अर्थसमितिको २०८०/०२/२९ को निर्णयप्रति न्याय नहुने, आवश्यक सहजीकरण गरिदिन नेपाल धितोपत्र बोर्डले २०८०/०७/१६ मा पठाएको पत्र समितिमा अग्रीम पेश नगरी, छलफल नगराई, हतार हतार २०८० को दिपावली सुरु हुनु अघि साँझको सात बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएको र चाडपर्व पछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महशुस गरेकोले निर्णय २ प्रति मेरो फरक मत (Note of Dissent) दर्ज गरेको छु ।"
डा. स्वर्णिम वाग्ले सदस्य, अर्थ समिति

654e5a90533ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको