Like us!
Follow us!
Connect us!
Watch us!

उडिरहेको जहाजमा जब पानी चुहियो...

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १३ : ०३ मा प्रकाशित

उडिरहेको जहाजमा जब पानी चुहियो...

एयर इन्डियाको उडिरहेको जहाजमा पानी चुहिएको घटना बाहिरिएको छ ।

बुधबार एक्स (साविकको ट्विटर) सामाजिक सञ्जालमा एक यात्रुले अपलोड गरेको भिडियोमा एयर इन्डियाको विमानमा पानी चुहिरहेको देख्न सकिन्छ । पानी चुहिएपछि कतिपय सिट खाली गरिएको थियो भने यात्रुहरुलाई अन्त सिटमा स्थानान्तरण गरिएको थियो ।

एक साइडको सिटमाथिको ओभरहेड बिनबाट पानी निरन्तर चुहिरहँदा अर्को साइडको यात्रुहरु भने सुतिरहेको देख्न सकिन्छ । भिडियोको अन्त्यमा पाइलट उक्त समस्या बारे सम्बोधन गरेको सुन्न सकिन्छ । हिजो साँझ अपलिड भएको उक्त भिडियोमा पाँच हजार बढी फेभरेट्स तथा करिब पाँच सय प्रतिक्रिया आइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको