Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १३ : २६ मा प्रकाशित

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मङ्सिर १५ गते शुक्रबार सम्पन्न भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङक्वेटमा आयोजित सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको जनाइएको छ ।

सभाले कम्पनीले घोषणा गरेको चुक्ता पुँजीको ८.४२१०५ प्रतिशतले हुने आउने चार करोड सतसठ्ठी लाख सतासी हजार तीन सय अड्सठ्ठी र बयालिस पैसा लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै आएको कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको