Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउमा एकैदिन २४ सयको करेक्सन, चाँदीको मूल्य पनि घट्यो

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १० : ५१ मा प्रकाशित

सुनको भाउमा एकैदिन २४ सयको करेक्सन, चाँदीको मूल्य पनि घट्यो

मङ्गलबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । आज सुन प्रति तोला २४ सय रुपैयाँले घट्दा चाँदी पनि ४५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

मङ्गलबार चाँदी प्रति तोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि हिजो इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको