सिडि रेसियो ८१ प्रतिशत भन्दा तल झरेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट एक हप्ताका लागि १० अर्ब तरलता खिच्ने भएको छ ।
बैंकले सात दिने निक्षेप संकलन उपकरण मार्फत मङ्सिर २० देखि २७ गतेसम्मका लागि १० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम १० अर्ब सम्मै बोल गर्न सक्नेछन् ।
संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले मङ्सिर २७ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।
मङ्सिर महिनामा राष्ट्रबैंकले तेस्रो पटक यसरी निक्षेप संकलन गर्न लागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस