Like us!
Follow us!
Connect us!
Watch us!

मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १३ : ४२ मा प्रकाशित

मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित

पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले देशभर बादल लाग्दा आन्तरिक उडान प्रभावित भएको छ ।

काठमाडौं, पोखरा लगायत मुख्य शहर र देशका मध्य तथा पूर्वी प्रदेशको आकाशमा आज बादल लागेको छ । बादलसहित हुस्सु र कुहिरो लाग्दा आन्तरिकतर्फका कैयौं उडानहरु डिले भएका हुन् । पूर्वतर्फ भद्रपुर, विराटनगर, राजविराज जाने उडानहरु डिले भएका छन् भने पश्चिमतर्फ भरतपुर, पोखरा, भैरहवाका उडानहरु पछि सारिएका छन् ।

अन्तर्राष्ट्रियतर्फका उडानहरु भने नियमित भइरहेका छन् । मौसम पूर्वानुमान विभागले बदली रहेपनी वर्षाको भने खासै सम्भावना नरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको