Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीको आलटालमा आशंका देखेपछि एलआईसी नेपालको हकप्रद खारेजी गर्ने बाटोमा प्राधिकरण

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, ०९ : ०९ मा प्रकाशित

कम्पनीको आलटालमा आशंका देखेपछि एलआईसी नेपालको हकप्रद खारेजी गर्ने बाटोमा प्राधिकरण

बिमा कम्पनीहरुको नियामक संस्था नेपाल बीमा प्राधिकरणलेलाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई दिएको हकप्रद स्वीकृति फिर्ता लिने तयारी गरेको छ । प्राधिकरणबाट हकप्रद स्वीकृति लिएको लामो समय सम्म कम्पनीले आलटाल गरेपछि कम्पनीलाई स्पष्टीकरणका सोध्नुका साथै हकप्रद सेयर रोक्ने चेतावनी पनि दिएको छ। 

हकप्रद सेयर जारी गर्ने एलआईसी नेपालले ६ महिना अगाडी नै प्राधिकरणबाट अनुमति प्राप्त गरेको थियो। तर यत्रो समय सम्म पनि कम्पनीले सर्वसाधारणलाई हकप्रद जारी गर्न भने आलटाल गरेको छ। 

एलआईसी नेपालको सञ्चालक समितिको २०७९ भदौ १३ को बैठकले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर बीमा समितिले तोकेको पुँजी कायम गर्ने कम्पनीले निर्णय गरेको थियो । 

त्यसपछि  २०७९ साल माघ ३ काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा विशेष साधारण सभा गर्दै कम्पनीले हकप्रद सभाबाट अनुमोदन पनि गरेको थियो। 

एलआईसी नेपालले २०७९ पुस ८ गतेको बैठकबाट चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । त्यतिबेला पनि प्राधिकरणको स्वीकृति नलिई हकप्रद सेयर जारी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

त्यस पछ्यात बीमा प्राधिकरणबाट असार १५ गते नै स्वीकृत पाएपछि कम्पनीले २०८० असोज २९ गते नेपाल धितोपत्र बोर्डमा अनुमातिका लागि आवेदन दिएको दियो । समितबाट स्वीकृति पछ्यात पनि कम्पनीले सेबोनमा आवेदन दिन निक्कै समय लगाएको देखिन्छ। 

नेपाल धितोपत्र बोर्डमा समेत कम्पनीले नामको मात्र आवेदन दिएको छ। आवेदन दिएपनि हकप्रद स्वीकृति गराई सर्वसाधारणलाई हकप्रद जारी गर्न केहि पहल कम्पनीबाट भएको देखिदैन। 

सेयरबजारमा इन्साइडरको आशंका 

एलआईसी नेपालले हकप्रदको नाममा सेयर बजारमा इन्साइडर गरिएको हो भन्ने आशंका पनि उठेको छ। कम्पनीले हकप्रद जारी गर्ने हल्लाको नाममा सेयर मुल्य १८०० सम्म पुगेको देखिन्छ। जुन अहिले १४०० को वरिपरि गुमेको छ। 

हकप्रद प्रक्रिया टुंगोमा नपुर्याई फेरि पनि कम्पनीका संचालक र व्यवस्थापक सेयर बजारमा इन्साइडरमा लागेको पो हो भन्ने आशंका उत्पन्न भएको छ। एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

सेयरधनी छैनन पटक्कै सन्तुष्ट 

साधारणसभाहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका सिईओ प्रणय कुमारले आगामी ५ वर्षमा एलआईसी नेपाललाई नेपालको नम्बर १ इन्स्योरेन्स कम्पनी बनाउने ठुकुवा गर्ने गरेका छन्।तर काम गराइमा भने यो कुरा लागु भएको देखिएको छैन। कम्पनीले २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियाे । उक्त वर्ष कम्पनीले अबकाे वर्ष भने सेयरधनीलाई आकर्षक लाभांश खुवाउने प्रतिवद्धता व्यक्त गर्यो । तर त्यसको अर्को वर्ष २०७८ /७९  पनि साधारणसभामा सेयरधनीलाई हात खालि बनाएर लगानीकर्तालाई कम्पनीले जिल खुवाउने काम मात्र गर्यो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको