Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, ०९ : ३१ मा प्रकाशित

नेपाल एसबीआई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

नेपाल एसबीआई बैंकले ३० औँ वार्षिक साधारणसभा डाकेको छ। 

बैंकको सञ्चालक समितिको बैठकले पुस १३ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित ३.७५५ बोनस सेयर र ६.८०५ नगद गरी कुल १०.५५५ लाभांश अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुन भएकोले सोहीबमोजिमा नियमावली र प्रबन्धकपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनीको सूचनामा उल्लेख छ। 

सभाले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

कम्पनीले घोषणा गरेको लाभांश साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिन बुक क्लोज तय गरेको छ। अर्थात मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकले घोषणा गरेको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको