Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ०९ : ३१ मा प्रकाशित

नेपाल एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यावसाय प्रवर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ ।

त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुविधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको