Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध एयरको टिकटमा ८% सम्म नेपाल एसबिआई बैंकका प्रयोगकर्तालाई छुट

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०७ : १० मा प्रकाशित

बुद्ध एयरको टिकटमा ८% सम्म नेपाल एसबिआई बैंकका प्रयोगकर्तालाई छुट

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८% सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छबि राज पन्त, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको