मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी भएसँगै नेपाल राष्ट्र बैंकको बोर्ड बैठक चलिरहेको छ ।
बैठक अघि अर्थमन्त्री प्रकाश शरण महतले गभर्नरसहित बोर्डलाई अर्थमन्त्रालयमै बोलाएर नीति खुकुलो पार्न सुझाव दिएका छन् । स्रोतका अनुसार अर्थमन्त्री महतले विभिन्न लगानीका क्षेत्रलाई सहज हुनेगरी नीति खुकुलो पार्न सुझाव दिएका हुन् ।
मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत खुकुलोपन आमरुपमा अपेक्षा गरिएपनि राष्ट्र बैंकले भने नीतिमा खासै ठूलो हेरफेर नगर्ने संकेत दिइसकेको छ । केही समय अघि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा नीतिको समीक्षा केही ढिलो हुँदैमा आकाशै नखसिहाल्ने टिप्पणी गरेका थिए ।
सेयरबजार, रियल स्टेट लगायत क्षेत्रमा ठूलो पुँजी फस्दा अर्थतन्त्र नै चलायमान हुन नसकेको जानकारहरु बताउँछन् । सेयरबजार निकै उच्च विन्दुमा पुग्दा बढाइएको जोखिम भार अहिले निकै कम विन्दुमा झर्दा पनि हेरफेर नगरिएकोमा धेरै लगानीकर्ताले गुनासो गर्ने गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस