Like us!
Follow us!
Connect us!
Watch us!

कृष्ण लामिछाने महालक्ष्मीको सिइओ

आइतबार, २६ कार्तिक २०७४, १२ : ३५ मा प्रकाशित

कृष्ण लामिछाने महालक्ष्मीको सिइओ

अर्थ संसार, काठमाडौं–  कृष्णराज लामिछानेलाई महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त गरेको छ ।

कार्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकबाट बैंकका (सिइओ) लामिछानेलाई ४ वर्षको लागि नियुक्त गरेको  हो ।

यस अघि लामिछाने विकास बैंकर्स एसोसिएसनको अध्यक्ष तथा कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका  लामिछाने बैकिङ क्षेत्रमा ३० वर्ष भन्दा बढीको अनुभव रहेको छ ।

हाल महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । आश्विन मसान्त सम्ममा बैंकको निक्षेप २५ अर्ब १४ करोड रुपैयाँ र कर्जा सापट २० अर्ब १२ करोड रुपैयाँ रहेको छ, । देशभर बैंकको ६५ वटा शाखा रहेको छन् भने करिब ४ लाख ग्राहक आधार रहेको छ ।

यो पनि पढ्नुहोस्

महुली सामुदायिक लद्युवित्तको ५० प्रतिशत बोनसपछि मूल्य समायोजन

कैलाश विकास बैंकले १९.५० प्रतिशत लाभांश दिने

तनहुँ सेतीले पायो १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स 

सिनर्जी पावरको साधारणसभा १६ गते, बुक क्लोज कहिले ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको