सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
मङ्सिर २२ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय अब नेपाल बीमा प्राधिकरण समक्ष पेश गरि साधारणसभामा स्वीकृतिका लैजानेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मार्जर पश्चात् अहिले कम्पनीले सानिमा रिलायन्स नामबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस