Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिका पठाईदिने भन्दै १७ लाख ठगी गर्ने झापाका १८ वर्षीय किशोर पक्राउ

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १६ : १६ मा प्रकाशित

दक्षिण अफ्रिका पठाईदिने भन्दै १७ लाख ठगी गर्ने झापाका १८ वर्षीय किशोर पक्राउ

दक्षिण अफ्रिका पठाईदिने भन्दै साढे आठ लाख ठगी गर्ने झापाका १८ वर्षीय किशोर पक्राउ परेका छन् ।

झापाको बिर्तामोड न.पा-४ घर भई हाल जिल्ला काठमाडौं महानगर-७ गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरीले दक्षिण अफ्रिका वैदेशिक रोजगारीको पठाइदिने भन्दै दुई जनाबाट साढे आठ लाखका दरले १७ लाख उठाएर सम्पर्कविहीन भएका थिए । अफ्रिकामा प्रतिष्ठित कम्पनीमा जागिर लगाइदिने प्रलोभन देखाएका गिरीले मासिक एक लाख २० हजारसम्म कमाई हुने बताएका थिए । 

पैसा उठाएर सम्पर्क विहीन भई ठगी गरेको आरोपमा प्रहरीले गिरीलाई २२ गते काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको