Like us!
Follow us!
Connect us!
Watch us!

जब १७ वर्षीय बालकले पोखराबाट बस चोरेर चितवन पुर्याए...

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १७ : ३८ मा प्रकाशित

जब १७ वर्षीय बालकले पोखराबाट बस चोरेर चितवन पुर्याए...

पोखराको पृथ्वीचोकमा पार्किङ गरिराखेको बस चोरेर १७ वर्षीय बालकले चितवन पुर्याएका छन् ।

ग १ ख ९६४८ नम्बरको उक्त बस चोरी भएको सूचना पाएपछि खोजी गर्ने क्रममा चितवनको भरतपुर-११ आँपटारीबाट प्रहरीले ती बालकलाई बससहित नियन्त्रणमा लिएको हो । तनहुँ म्याग्दे-३ घर भएका ती बालकले आफैले चलाइरहेको अवस्थामा बस फेला परेको थियो ।

उनलाई चोरी तथा डाँका मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको