Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिनाथको भेटीसमेत असुरक्षित, चोरी गर्ने आठ पक्राउ

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, ०९ : ३१ मा प्रकाशित

पशुपतिनाथको भेटीसमेत असुरक्षित, चोरी गर्ने आठ पक्राउ

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका जनाइएको छ । सिसिटिभीमार्फत हेर्दा उनीहरुले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गरेको भेटिएको थियो ।

परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । पक्राउ परेका परियारले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको