Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउ घट्ने क्रम जारी, एक सातामै ४६ सयले सस्तियो सुन

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, ११ : ४७ मा प्रकाशित

सुनचाँदीको भाउ घट्ने क्रम जारी, एक सातामै ४६ सयले सस्तियो सुन

सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला पाँच सय रुपैयाँले घट्दा चाँदी पनि १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १६ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । त्यस यता सुनको भाउ प्रतितोला ४६ सय रुपैयाँ घटिसकेको छ ।

सोमबार चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि अघिल्लो सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता चाँदीको भाउ प्रति तोला एक सय ३५ रुपैयाँले घटिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको