Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ घट्ने क्रम जारी, चाँदी पनि सस्तियो

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, ११ : ५० मा प्रकाशित

सुनको भाउ घट्ने क्रम जारी, चाँदी पनि सस्तियो

बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि १० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो साता प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । त्यस यता सुनको भाउ प्रतितोला ५६ सय रुपैयाँ घटिसकेको छ ।

बुधबार चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि अघिल्लो साता इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता चाँदीको भाउ प्रति तोला एक सय ४५ रुपैयाँले घटिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको