Like us!
Follow us!
Connect us!
Watch us!

उजय शाक्य प्रतिष्ठित इसिआइ इन्नोभेटिभ मार्केटर अफ दि इयरका रूपमा सम्मानित

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १४ : ४१ मा प्रकाशित

उजय शाक्य प्रतिष्ठित इसिआइ इन्नोभेटिभ मार्केटर अफ दि इयरका रूपमा सम्मानित

उजय शाक्य प्रतिष्ठित इसिआइ इन्नोभेटिभ मार्केटर अफ दि इयरका रूपमा सम्मानित सम्मानित भएका छन् । उक्त अवार्ड डिसेम्बर ७ मा इसिआइ फेष्टिबलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको थियो । 

चीनमा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एशियामै विज्ञापन र बजारीकरणका क्षेत्रमा अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेको उजय शाक्यलाई उनले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ । फेष्टिबलमा आफ्नो धारणा राख्दै शाक्यले डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारेका थिए । शाक्यले मानिसलाई केवल ग्राहकका रुपमा मात्र नभई नागरिक, समाजको सदस्य र योगदानकर्ताका रुपमा थप फराकिलो सामाजिक दृष्टिकोणले हेर्नुपर्ने बताए ।

विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु सहभागी इसिआइ फेस्टिबलमा “वैश्विक दीगो नवप्रवर्तन र सभ्यता विकासका पहल" भन्ने विषयमा छलफल गरिएको थियो । यो पहलको उद्देश डिजिटलाइजेसनको प्रयोग गरि सभ्यताको भविष्यको सशक्तिकरण गर्नका लागि दिगो विकास प्रणालीको निर्माण गर्नु रहेको छ । 

विश्वका उद्यमी, रचनात्मक सोच भएका तथा नवप्रवर्तनकारीहरुलाई जमघट गराउने फेष्टिबलका रुपमा परिचित यस महोत्सव विश्वका भिन्न भिन्न शहरहरुमा आयोजना हुँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको