Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउमा एकैदिन २८ सयको बाउन्सब्याक, चाँदी पनि बढ्यो

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, ११ : ५१ मा प्रकाशित

सुनको भाउमा एकैदिन २८ सयको बाउन्सब्याक, चाँदी पनि बढ्यो

बिहीबार सुनचाँदीको मूल्यमा उछाल आएको छ । आज सुन प्रति तोला २८ सय रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५५ रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो साता प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

बिहीबार चाँदी प्रति तोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि अघिल्लो साता उच्च वृद्धि भएपछि घट्दै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको