Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा हालसम्म ६४.२८ प्रतिशत आवेदन

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, ११ : २६ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा हालसम्म ६४.२८ प्रतिशत आवेदन

मङ्सिर २७ गतेदेखि सर्वसाधारणका लागि खुलाइएको हिमालयन रिइन्स्योरेन्सको आईपीओमा हालसम्म कुल मागको ६४.२८ प्रतिशत आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेकोमा पछिल्लो अपडेट अनुसार आठ लाख ८८ हजार सात सय ४४ जनाले एक करोड ६० लाख ८ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता बाहेकको बाकीँ सेयर सर्वसाधारणमा निष्काशन गर्न छुटाइएको छ ।

आइपिओमा आईपिओ पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । यस आइपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको