Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले लगातार दोस्रो वर्ष लाभांश नदिने

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, १२ : ४९ मा प्रकाशित

गणपति लघुवित्तले लगातार दोस्रो वर्ष लाभांश नदिने

गणपति लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

मङ्सिर २८ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय अब नेपाल राष्ट्र बैंक समक्ष पेश गरि साधारणसभामा स्वीकृतिका लैजानेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । कम्पनीले आव २०७८/७९ मा  पनि लाभांश वितरण गरेको थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको