Like us!
Follow us!
Connect us!
Watch us!

विवादित हिमालयन रिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि लगानीकर्तामा थपियो अन्योल

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, १८ : ५० मा प्रकाशित

विवादित हिमालयन रिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि लगानीकर्तामा थपियो अन्योल

हिमालयन रिइन्स्योरेन्स विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि यस कम्पनीको हाल खुला रहेको आईपीओमा आवेदन दिने कि नदिने भन्ने लगानीकर्तामा दुविधा थपिएको छ। प्रिमियमको आईपीओ रोक्न भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर भएको छ। 

दर्ता भएको रिटमा नियम विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै तुरन्तै हिमालयन रिइन्स्योरेन्सको आईपीओ रोक्न निवेदन परेको छ। रिटमा नेपाल धितोपत्र बोर्ड ,बोर्डको संचालक समिति , बोर्डका अध्यक्ष , हिमालयन रिईन्स्योरेन्स लि. , बीमा प्राधिकरण , बीमा प्राधिकरणका अध्यक्ष तथा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाईएको छ। 

रिट परेपछि यसको आईपीओमा आवेदन दिने कि नदिने भन्ने श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीमा दुविधा उत्पन्न भएको छ भने आवेदन दिसकेकाहरुमा झन् अन्योल सिर्जना भएको छ। 

रिटको पेशी मंसिर १० गते भोलि  आइतबारको लागि तोकिएको छ । यस पुनर्बीमा कम्पनीको पहिलो चरणको आईपीओ मंसिर ४ देखि बिक्री खुला नै रहेको छ र मंसिर १८ गते सम्म खुल्ने छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो। पहिलो चरणमा नै ३० लाख कित्ता सेयर निष्काशन गरिएको छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको छ  । 

हिमालयन रिइन्स्योरेन्सको आईपीओ सुरुवात देखि नै विवादित रहँदै आएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको