मङ्सिर २७ गतेदेखि सर्वसाधारणका लागि खुलाइएको हिमालयन रिइन्स्योरेन्सको आईपीओ हालसम्म १.१२ गुणाले ओभरसब्स्क्राइब्ड भएको छ ।
कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेकोमा १४ लाख ६० हजार एक सय १७ जनाले दुई करोड ८० लाख ६१ हजार तीन सय ६० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता बाहेकको बाकीँ सेयर सर्वसाधारणमा निष्काशन गर्न छुटाइएको छ ।
आइपिओमा आईपिओ पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । यस आइपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस