लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
पुस १ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । कम्पनीले आव २०७८/७९ मा पनि १५ प्रतिशत तथा आव २०७७/७८ मा २७.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस