Like us!
Follow us!
Connect us!
Watch us!

इलोन मस्क भन्छन् विश्वको जनसंख्या निकै कम भयो

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १४ : १० मा प्रकाशित

इलोन मस्क भन्छन् विश्वको जनसंख्या निकै कम भयो

अमेरिकी धनाढ्य टेस्ला कम्पनीका मालिक इलोन मस्कले विश्वको जनसंख्या निकै कम भएको बताएका छन् ।

उनले अबको केही दशकमा जनसंख्या कोल्याप्स हुने खतरा रहेको बताउँदै आएका छन् । मानव जातिलाई एक ग्रहमा सीमित नराखी फरक फरक ग्रहमा मानवको बस्ती बसाल्ने योजना राखेका मस्कको स्पेस एक्स नामक अन्तरीक्ष यात्राका लागि रकेट र अन्तरीक्षयान बनाउने कम्पनी पनि रहेको छ । उनले यसै वर्षको सुरुवातमा चीनमा घट्दो जनसंख्या वृद्धिदरलाई इङ्गित गर्दै जनसंख्या कोल्याप्स ग्लोबल वार्मिङभन्दा ठूलो समस्या हुने भन्दै ट्वीट गरेका थिए ।

मस्कको स्पेस एक्सले मङ्गलग्रहमा मानव जीवन बसाउने कल्पनाका साथ मङ्गल ग्रह र पृथ्वीबीच उडान भर्ने अन्तरीक्षयान बनाउने उद्देश्यका साथ काम गरिरहेको छ । मस्कसँगै अर्का धनाढ्य जेफ बेजोसले पनि मानव सभ्यतालाई पृथ्वीमा सीमित राख्न नहुने बताउँदै आएका छन् ।

खर्बौ जनसंख्या हुँदा सौर्यमण्डल उर्जाशील, बौद्धिक र जीवन्त बन्ने बेजोसको भनाई छ । उनले जनसंख्या विशाल भए हामीसँगै हजारौं आइन्स्टाइन हुने बताउँदै आउँदा पुस्ताका लागि अन्तरीक्ष उद्दम गर्न पूर्वाधार बनाउन आफू लाग्ने बताए । बेजोसले पनि अन्तरीक्ष अन्वेषणका लागि ब्लु ओरिजिन नामक कम्पनी खोलेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको