Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १६ : ४१ मा प्रकाशित

लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता

लुम्बिनी विकास बैंकले काठमाडौंको बल्खुमा रहेको अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई बिभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १०% देखि १५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । 

उक्त सुविधा बयोधा अस्पतालको काठमाडौंको बल्खुस्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने जनाइएको छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिन्द कुमार साहले हस्ताक्षर गरेका थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको