Like us!
Follow us!
Connect us!
Watch us!

द क्लिफको स्काइ क्याफेमा ब्रेकफास्टको मज्जा लिँदै काङ्ग्रेस नेता गगन थापा

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १७ : १५ मा प्रकाशित

द क्लिफको स्काइ क्याफेमा ब्रेकफास्टको मज्जा लिँदै काङ्ग्रेस नेता गगन थापा

पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' पुगेका प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'स्काई क्याफे'को अनुभव लिएका छन् ।

कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले साथीहरूसँग 'एड्भेञ्चर ब्रेकफास्ट' गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि  भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ । सोही डोरीमा घिर्नीका माध्यमबाट झुन्ड्याइएको टेबलमा बसेर कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडियो प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन् ।

थापासँगै क्लिफ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुन प्रसाद जोशी, गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी र कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य रमेश खनालले स्काई क्याफेमा मज्जा लिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको