Like us!
Follow us!
Connect us!
Watch us!

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेशन काउन्सिलबाट सम्मानित

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १७ : ४३ मा प्रकाशित

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेशन काउन्सिलबाट सम्मानित

द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेशन काउन्सिल (बीएसी) इन्स्टिच्युशनल अवार्डबाट पुनः सम्मानित भएको छ । ब्रिटिस एजुकेशन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो ।

बेलायतका साझेदार विश्वविद्यालयहरु युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्ड, किल् युनिभर्सिटी, लिड्स बेकेट युनिभर्सिटी, र युनिभर्सिटी अफ वेस्टमिन्सटरको सम्वन्धनमा नेपालमा उच्च शिक्षा प्रदान गरिरहेको ब्रिटिस एडुकेशन ग्रुप अन्र्तगतको द ब्रिटिस कलेजले यसअघि नै सो सम्मान प्राप्त गरेको भए पनि थप शैक्षिक तथा भौतिक स्तरोन्नति गरेकोले सो अवार्ड सन् २०२५ सम्मलाई प्राप्त गरेको हो।

ब्रिटिस एक्रिडेसन काउन्सिल एक स्वतन्त्र, मान्यता प्रदान गर्ने निकाय हो, जुन शैक्षिक संस्थाहरूको मूल्याङ्कनका लागि विश्वव्यापी रूपमा प्रख्यात छ । बीएसीद्वारा मान्यता प्राप्त हुनको लागि शिक्षाको गुणस्तर उच्च राख्ने, विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायहरुको अपेक्षालाई पूरा गर्न सक्ने हुनुपर्छ । 

बीएसीले मान्यता प्रदान गर्ने क्रममा कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो । कलेजले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, बिभिन्न विभागहरु, भवनको संरचना, पाठ्यक्रम, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु जस्ता मापदण्डहरुलाई पूर्ण रुपले पालना गर्दै नेपालमा नै विश्वस्तरिय शैक्षिक अनुभव प्रदान गरेकोले ब्रिटिस कलेजले सो मान्यता प्राप्त गरेको हो ।

कलेजले प्राप्त गरेको अवार्ड सम्बन्धमा प्रतिक्रिया दिँदै डेप्युटि प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडेनले भने, ‘यस मान्यताले विद्यार्थीहरुलाई विश्वव्यापी रूपमा सफलताको लागि तयार गर्ने सिकाइ वातावरण प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गरेको छ । यो मान्यता प्राप्त गर्ने नेपालको पहिलो कलेज हामी भएकोले यसमा हामी गर्व गर्छौं । साथै, हामी नेपालमा शिक्षाको उन्नतिमा योगदान पु‍र्याउन धेरै अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू लागू गर्न चाहन्छौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको