Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र शेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १४ : ५४ मा प्रकाशित

कामना सेवा विकास बैंक र शेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा. लि सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । 

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सिआस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् । उक्त सेवा मार्फत् ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको जनाइएको छ ।

काठमाडौं-३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सिआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको