Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले पनि यसपालि रित्तै राख्दै लगानीकर्ताको हात

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, १० : ५२ मा प्रकाशित

हिमालयन बैंकले पनि यसपालि रित्तै राख्दै लगानीकर्ताको हात

हिमालयन बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस ४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा  पनि १९.११ प्रतिशत तथा आव २०७७/७८ मा २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको