Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, ०८ : ०६ मा प्रकाशित

चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ३६ करोड २९ लाख आठ हजार नौ सय ६३ रुपैयाँ (कर प्रयोजन सहित) नगद लाभांश  बाँड्ने घोषणा गरिसकेको छ। तेस्तै बैठकले कम्पनीले हालको चुक्ता पुँजी सात अर्ब २५ करोड ८१ लाख ७९ हजार दुई सय ७६ रुपैयाँको १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख १७ हजार नौ सय २७ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने निर्णय पनि गरेको थियो  । 

 कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । पुस ७ शनिबार परेपछि आज सम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांस [प्राप्त गर्न सक्नेछन। 

कम्पनीको संचालक समितिको मङ्सिर २२ गते बसेको बैठकले पुस २० गते बस्ने गरि कम्पनीको २७ औं वार्षिक साधारणसभाको मिति तय गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको