Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

सोमबार, २७ कार्तिक २०७४, १२ : ३७ मा प्रकाशित

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

अर्थ संसार, जुम्ला– एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो ।

जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गर्नुभयो । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाउनुभयो ।

न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताउनुभयो ।

बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एशिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको सङ्ख्या १० पुगेको छ । नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको