Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको लेकसाइडमा एक्सटर्सन उठाउने वडा सदस्य सहित चार जना जेल चलान

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, ११ : १३ मा प्रकाशित

पोखराको लेकसाइडमा एक्सटर्सन उठाउने वडा सदस्य सहित चार जना जेल चलान

कास्कीको पोखरा महानगरपालिका वडा नं.६ लेकसाइडस्थित फुटट्र्याकमा फोटोग्राफी गर्नेहरुलाई धम्कयाएर एक्सटर्सन उठाउने वडा सदस्य सहित चार जना जेल चलान भएका छन् ।

लेकसाइड क्षेत्रमा फोटोग्राफी गर्दै आएका व्यक्तिहरुलाई व्यवसाय दर्ता नगरी ठगी गरेको भन्दै धम्क्याएर पैसा उठाएको भनी जाहेरीको परेपछि प्रहरीले लेकसाईड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र जिल्ला कास्की पोखरा-६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी पक्राउ गरेको थियो ।

उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा पेश गरिएको थियो । सोही मुद्दामा उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको