Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने घट्यो

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, ११ : १९ मा प्रकाशित

सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने घट्यो

आइतबार सुनको भाउमा सामान्य वृद्धि हुँदा चाँदी भने सस्तिएको छ । आज सुन प्रति तोला एक सयले बढ्दा चाँदी प्रति तोला १० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य केही समयअघि प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको