Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीको म्युचुअल फन्डले होल्ड गरेको सेयरको लक इन पिरियड समाप्त हुँदै

अर्थ संसार

सोमबार, ०९ पुस २०८०, ११ : १८ मा प्रकाशित

यी कम्पनीको म्युचुअल फन्डले होल्ड गरेको सेयरको लक इन पिरियड समाप्त हुँदै

नेपाल धितोपत्र बोर्ड सेबोनले कार्तिक २० गतेदेखि लागू हुनेगरी म्युचुअल फन्डलाई छुट्टाइएको आइपिओमा ६ महिने लक इन पिरियड कायम गरेको थियो ।

दुई कम्पनीको आइपिओको उक्त अवधि पुस महिना भित्र सकिदैछ अर्थात म्युचुअल फन्डहरुले उक्त सेयर बिक्री गर्न सक्नेछन् । हुनत कतिपय म्युचुअल फन्डले उक्त नियम कार्यान्वयनमा आउनु अघि नै सेयर बेचि पनि सकेका छन् तर बेच्न बाकिँ रहेको सेयरको हकमा भने अब लकइन पिरियड समाप्त हुन लागेको हो ।

सबैभन्दा निकट भविष्यमा म्युचुअल फन्ड लकइन खुल्न लागेको कम्पनी थ्री स्टार हाइड्रोपावर हो । उक्त कम्पनीको ६ महिने लकइन अवधि पुस १९ गते सकिदैछ । कम्पनीले सामूहिक लगानी कोषहरुलाई ३६ हजार ९३८ कित्ता सेयर बाँडफाँड गरेको थियो ।

यसैगरी अप्पर स्याङ्गेको म्युचुअल फन्ड लकइन पुस २२ गते समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषहरुलाई ३२ हजार ५०० कित्ता सेयर बाँडफाँड गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको