Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकको साधारणसभा सम्पन्न, सिईओले भने यो आर्थिक वर्षमा सेयरधनीको अपेक्षा पुरा गर्छु

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, २० : ४३ मा प्रकाशित

कामना सेवा बैंकको साधारणसभा सम्पन्न, सिईओले भने यो आर्थिक वर्षमा सेयरधनीको अपेक्षा पुरा गर्छु

कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  

आज  लिसारा रिसेप्सन, नक्साल अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको हो । 

साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

सभामा सेयरधनीले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले सेयरधनीहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको