Like us!
Follow us!
Connect us!
Watch us!

यी सात कम्पनीका सेयर: ३ बजे सम्म सेयर किन्ने वा होल्ड गर्नेको लाभांश सुरक्षित

अर्थ संसार

बुधबार, १८ पुस २०८०, ०८ : ४९ मा प्रकाशित

यी सात कम्पनीका सेयर: ३ बजे सम्म सेयर किन्ने वा होल्ड गर्नेको लाभांश सुरक्षित

आज पुस १८  गते नेप्सेमा कारोबार हुने ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीको भोलि अर्थात पुस १९ गते बुकक्लोज तय गरिएको छ ।

अर्थात नेप्सेमा आज सम्म कारोबार भइ कायम सेयरधनीहरुले मात्र यी कम्पनीहरुले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) 
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरलाई प्रति सेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

शिवम् सिमेन्ट्स
शिवम् सिमेन्ट्सले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।  

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा दिउँसो १ बजे आफ्नो १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश पारित गर्ने छ जस मध्ये  ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। 

ग्लोबल आइएमई लघुवित्त

ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड पोखरामा बिहान ९ बजे ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न छ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

महालक्ष्मी विकास बैंक 
महालक्ष्मी विकास बैंकले पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा बिहान १० बजे २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

बुटवल पावर कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेडले पुस २९ गते लाभांश पारित गर्न कम्पनीले ३१औं वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको छ  । सभाले हाल कायम चुक्ता पूँजी ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको