Like us!
Follow us!
Connect us!
Watch us!

बोरे लगानीकर्ताको कित्ता बटुल्ने काइदा, अड लटमा आइपिओको सेयर उठाउँदै

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १९ : ३९ मा प्रकाशित

बोरे लगानीकर्ताको कित्ता बटुल्ने काइदा, अड लटमा आइपिओको सेयर उठाउँदै

अघिल्लो बुलमा सेयरबजार ३२०० पुग्दै गर्दा बोरे लगानीकर्ता निकै चलनचल्तीमा आएको शब्द थियो ।

बोरे भन्नाले त्यसताका बोरा भरी नागरिकता बोकेर मेरो सेयरको खाता खोल्न बैंक झर्नेहरुलाई चिनिन्थ्यो । गाउँभरिका मान्छेको मेरो सेयरदेखि टिएमएस खातासम्म खोली वरि उनीहरूले नै आइपिओ भर्थे । तर आइपिओ परेको खण्डमा त्यो सेयर खातामा ल्याउन कसो गर्ने त ? त्यसैको विकल्प उनीहरुले अड लट कारोबारलाई बनाएका थिए ।

हरेक आइपिओको कारोबार खुल्दा यस्ता अड लट छ्यापछ्याप्ती भेटिने गरेका छन् । यसरी आइपिओमार्फत बोरे लगानीकर्ता फेरि एक्सन आएको ठम्याउन अघिल्लो बुलको मेलोमेसो बुझेकालाई खासै बेर भने लाग्दैन । अड लट मार्फत १० कित्ता भन्दा कम कित्ताको सेयर कारोबार हुनेगर्दछ तर त्यो सेयर मार्केट डेप्थको बाइसेलमा भने देखिदैन ।

त्यसैले मार्केट डेप्थमा उक्त कारोबारको कुनै सम्बन्ध नै नरहने सानो छिद्रको फाइदा उठाउँदै बोरे लगानीकर्ताले अरुको नाममा भरेको सेयर आफ्नो खातामा ल्याउने गर्दछन् । अड लटमा कारोबार हुन बिक्रेता र क्रेताबीच कित्ता र मूल्य म्याचिङ हुनुपर्दछ । यसरी कुनै पनि खरिदकर्ता नबसेको मूल्य खोजेर आफैले प्राइस म्याचिङ गराई सजिलै मार्केट डेप्थ छलेर कारोबार गर्न सकिन्छ ।

अडलटको दुरुपयोग भएको भन्दै नियामकले १० कित्ता भन्दा बढी कित्ता सेयर हुँदाहुँदै अडलट कारोबार गर्न नपाइने तथा त्यसो गरेको पाइएमा ब्रोकरलाई समेत कारवाही हुने बताएपनि यस्तो कारोबार रोकिएको भने छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको