Like us!
Follow us!
Connect us!
Watch us!

१० कित्ता प्राप्त आईपीओ पनि अड लट मार्फत कारोबार भएको आरोप

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, ०७ : ५० मा प्रकाशित

१० कित्ता प्राप्त आईपीओ पनि अड लट मार्फत कारोबार भएको आरोप

हिमस्टार कम्पनीको पहिलो दिनको सेयर कारोबारमा ‘अड लट’ कारोबार भएको आरोप लगाइएको छ। एक लगानीकर्ताले धितोपत्र बोर्ड नेपाल (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको गुनासोपत्रमा १० कित्तामात्र वितरण भएको आईपीओ सेयरलाई विभाजन गरी कारोबार गरिएको दाबी गरेका छन्।

नियमविपरीत कारोबारको आरोप

हालै सम्पन्न हिमस्टार आईपीओमा सबै लगानीकर्ताले समानरूपमा १०–१० कित्ता मात्र सेयर पाएका थिए। यस्तो अवस्थामा स–साना भागमा विभाजन गरी अड लट कारोबार गर्न नपाइने प्रावधान रहेको लगानीकर्ताको दाबी छ। तर पनि विशेषगरी ५८ नम्बर ब्रोकर मार्फत बारम्बार अड लट कारोबार भएको देखिएको भन्दै उनीहरूले गम्भीर प्रश्न उठाएका छन्।

अघिल्ला कम्पनीमा पनि दोहोरिएको घटना

गुनासोकर्ताले यसअघि विकास हाइड्रो, ट्रेड टावर र सान्वी जस्ता कम्पनीहरूको आईपीओमा पनि यस्तै ढंगले अड लट कारोबार भएको उदाहरण प्रस्तुत गरेका छन्। यस्तो कारोबारलाई अनुमती दिने हो भने सबै लगानीकर्तालाई समान अवसर दिनुपर्ने तर व्यवहारमा केही निश्चित ब्रोकलाई मात्र सुविधा दिइनु निष्पक्षतामाथि प्रश्न उठाउने उनले बताएका छन्।

नियामक निकायमाथि पनि प्रश्न

सेबोन र नेप्सेलाई पटक–पटक जानकारी दिइएको तर बेवास्ता गरिएको गुनासोमा उल्लेख छ। उनले यसलाई नियम कार्यान्वयनमा कमजोरी वा आन्तरिक मिलेमतोको परिणाम भएको आशंका व्यक्त गरेका छन्। “नियामक निकायले यसलाई तुरुन्त सम्बोधन नगरे लगानीकर्तामा अविश्वास बढ्छ,” पत्रमा भनिएको छ।

लगानीकर्ताले यस विषयलाई अब गम्भीरतापूर्वक उठाउने चेतावनी दिएका छन्। सेबोनमा औपचारिक उजुरी दर्ता गर्ने तयारी गर्दै उनले आवश्यक परे मिडियामार्फत सार्वजनिक जवाफ माग्ने बताएका छन्।

68b6512e41747.PNG 68b6512e514cb.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको