Like us!
Follow us!
Connect us!
Watch us!

सन्राइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ०८ : २४ मा प्रकाशित

सन्राइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एकआपसमा गाभिएर सोमबारदेखि एलएस क्यापिटलको नाममा नेपालको विशाल मर्चेण्ट बैंकिङ कम्पनीका रूपमा एकीकृत कारोबार सुरु भएको छ ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि समस्त ग्राहकलाई थप सशक्त रूपमा सेवासुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सोमबार कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरे ।

विगत ३ दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले समस्त ग्राहकलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको र २ कम्पनी गाभिए पश्चात नवीनतम सेवासुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको जनाइएको छ ।

मर्जरपछि राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।

मर्जरपछि कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवालाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

नेपालको पुँजी बजारमा ३ दशक लामो ऐतिहासिक सफलता बोकेको मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जरपछि ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्रमार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाएको छ ।

कम्पनीले ३०० जनाको करीब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्डसहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको छ । जसअन्तर्गत ७ अर्बको सम्पत्ति व्यवस्थापन भइरहेकोे, एक विशिष्टीकृत लगानी कोष अन्र्तगत प्राइभेट इक्विटी भेन्चर क्यापिटल फन्डको रूपमा १ अर्ब बराबरको लक्ष्मी सस्टेनेबल इमर्जेन्सी फन्ड सञ्चालनमा रहेको, ३२ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको